राजनीति
नेकपा एमाले कोसी प्रदेश कमिटी उपाध्यक्षमा चेम्जोङ निर्विरोध
काठमाडौं । नेकपा एमाले कोसी प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा अरु कसैको उमेदवारी नपरेपछि चेम्जोङ निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन् ।
सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा छन् ।
९९७ जना मध्ये २० जना प्रतिनिधिले मतदान नगरेको बताइएको छ ।
नेतृत्व चयनका लागि भएको मतदान मध्यरातमा सकिएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० ०७:४९
प्रतिक्रिया दिनुहोस्