site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
मनसुन बाहिरिने औसत मिति आज, कति दिन ढिलो हुन्छ यो वर्ष ?
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन आज (अक्टोबर २) हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ ।  

अक्टोबर २ औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ । यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको हो ।

Dabur nepal
Agni Group

“यो वर्ष मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । न्यूनतम तीन/चार दिन ढिलो हुने भएको छ,” मौसमविद् बरुण पौडेलले बाह्रखरीसँग भने, “नेपालबाट मौसम बाहिरिनेक्रम अझै सुरु भएको छैन ।” नयाँ प्रणाली विकास भएर केहीदिन यता देशका केही भागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन ।  

भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् पौडेल बताउँछन् । मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने उनी बताउँछन् । 

गतवर्ष औसत मितिभन्दा १३ दिनपछि मनसुन असोज २९ (१५ अक्टोबर)मा बाहिरिएको थियो । 

यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो । 

दसैँमा पानी पर्छ ? भारी वर्षाको विगत छ

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu