site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी चलाउने तीनजना नियन्त्रणमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार ट्राफिक प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २३ वर्षीय प्रेम मगर, दोलखाको मेलुङ गाउँपालिका–४ का २६ वर्षीय लालमान तामाङ र रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का ६ वर्षीय प्रेम रसाईलीलाई नियन्त्रणमा लिएको हो ।

Dabur nepal
Agni Group

प्रहरीका अनुसार गत भदौ ९ गते वाग्मती प्रदेश ०२–०३४ प ०९ १८ नम्बरको मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट हराएको भनेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो । वास्तविक नम्बर परिवर्तन गरेर वाग्मती प्रदेश ०२–०३७ प २४ ७७ नम्बर राखी चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले उनीहरूलाई पुरानो बानेश्‍वरबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।

तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu