राजनीति
एमाले कर्णाली अधिवेशन : मतदान सकियो, गणना भोलि

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ६०९ मत खसेको छ । कुल ६१६ मध्ये ६०९ मत खसेको केन्द्रीय सदस्य निरज आचार्यले बताए ।
मतगणना भाेलि बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० २१:१४
प्रतिक्रिया दिनुहोस्