-1696172590.jpg)
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गरेर ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ अफर सार्वजनिक गरेको छ ।
अफर ६१ दिनसम्म चल्ने छ । अफरमा लक्की ड्र मार्फत हरेक महिना एकजनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ र हरेक दिन १०० जना विजेताहरूलाई जनही ५०० रुपैयाँको वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ ।
अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागु हुने छ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राही उपहार योजनामा सहभागी हुने छन् ।
विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारी अफरमा भाग लिन पाउने छैनन् ।