
काठमाडौं । सेन्साईले दसैँ तिहारलाई लक्षित गर्दै ‘यो दसैँ–तिहार, हरेक दिन टीभी उपहार’ नामक अफर सार्वजनिक गरेको छ । अफरमा सीमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत सेन्साईका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिनसम्म ४० जना भाग्यशाली ग्राहकले प्रत्येक दिन सेन्साईको २४ इन्चको टीभी उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।
अफरमा सहभागी गराउन दिइएको क्यूआर कोड स्क्यान गरेर प्राप्त भएको फर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेन्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्ने छ । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।
ललितपुरस्थित होटल विभान्तामा २५प्रतिशतसम्म छुट पाउने छन् ।