site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
कांग्रेस इतर समूहको निष्कर्ष : सरकारमा बस्नुको औचित्य छैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्र सरकारमा बस्न नहुने माग बढ्न थालेको छ । पार्टीको इतर समूहले आफूले नेतृत्व गर्न नसकेको सरकारमा बस्नुको औचित्य नभएको निष्कर्ष निकालेका छन् ।

इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापासँगै नेताहरू प्रदीप पौडेल, अर्जुनरसिंह केसी, दिलेन्द्रप्रसाद बडूलगायत सरकारको विपक्षमा उभिएका छन् ।

कांग्रेस रूपान्तरण अभियानको नाम दिइएको आफ्नै समूहले राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने धारणा राखे । उनले फ्लोरबाट अहिलेको सरकारलाई समर्थन गर्नुपर्ने भन्दै अहिले समाजवादी मोर्चालाई मात्रै सरकार चलाउन दिनुपर्ने धारणा राखे ।

Dabur nepal
Agni Group

“नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी)लगायत मिलेर समाजवादी मोर्चा बनेको छ । पहिले प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने छ,” थापाले भने, “उहाँहरुले पार्टी समेत एकै बनाउने भन्नुभएको छ । मलाई लाग्छ, कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔँ, अढाई वर्ष उहाँहरूलाई चलाउन दिएर कांग्रेसले फ्लोरबाट समर्थन गरौँ ।”

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसबाट १० मन्त्री सरकारमा छन् । महाधिवेशन केन्द्रित कार्यक्रम गरिरहेको इतर समूह अहिलेको सरकारले गरेको नराम्रो कामको जस पनि कांग्रेसले बोक्नुपरेको बुझाइमा छ ।

महामन्त्री थापाले कोसीमा माओवादीलाई सरकार चलाउन दिए हुने धारणा राखे ।

यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकार निरन्तर आलोचित भइरहेको भन्दै यसको अपजस कांग्रेसले बोक्नुपरेको आशय व्यक्त गरे । उनले महँगी निरन्तर बढिरहने हो भने सरकारमा बसिराख्न जरूरी नहुने भन्दै आक्रोश पोखे ।

केही व्यक्तिलाई मन्त्री बनाउन सत्तामा जान जरूरी नभएको उनले बताए । आफू जान नपाएर विरोध नगरेको उल्लेख गर्दै उनले सरकारमा जानु भनेको जनताको काम गर्नु भएको जिकिर गरे ।

“महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरूरी छैन,” उनले भने, “‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरूरी छैन । म जान नपाएर भनेको होइन ।”

उनले पार्टी सदस्यता वितरण पनि आफ्नो मान्छे, आफूलाई भोट हाल्छ भने दिने, भोट हाल्दैन भन्ने लाने नदिने प्रवृत्ति बढेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu