site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
पशुपतिनाथ जलहरीमा एक किलो ४९१ ग्राम सुन गायब पारेर चाँदी–तामा राखियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरीमा सुन गायब पारी चाँदी र तामा प्रयोग भएको ठहर गर्दै संलग्नहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक किलो ४९१ ग्राम, ७१८ मिलिग्राम सुन गायब पारिएको ठहर आयोगको छ ।  अभियोगपत्रमा तत्कालीन सदस्य–सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापा र भण्डारे नाइके अरुणकुमार श्रेष्ठ दोषी रहेको दाबी गरिएको छ । डा. थापा हाल सदस्य–सचिव छन् । 

उनीहरुले एक किलो ४९१ ग्राम सुन गायब पारी एक किलो ४१ ग्राम चाँदी र ७३२ दशमलव ६२ ग्राम तामा बढाएको अख्तियारको ठहर छ ।  अख्तियारले कोषका वर्तमान र पूर्व सदस्यसचिवद्वय ढकाल र थापाका अतिरिक्त भण्डारे नाइके श्रेष्ठलाई एक करोड १७ लाख एक हजार ७८१ रुपैया ८५ पैसा विगो कायम गरेको छ । 

Dabur nepal
Agni Group

आठदेखि दश वर्षसम्म कैद र बिगो बराबर जरिवानाको दाबी लिएको छ । पूर्व सदस्यसचिव ढकालको हकमा थप तीन वर्ष कैद पनि माग गरेको छ ।

कायम गरी असुलउपर गर्न र बिगो बमोजिम जरिवानाको माग आयोगको छ । साथै डा. प्रदीप ढकालको हकमा सरकारी पदको दरुपयोग गरी सार्वजनिक सम्पत्ति अपचलन गरेको भन्दै भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप तीन वर्ष कैदको पनि माग गरेको छ । 

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी बनाउने जस्ता संवेदनशील विषयमा आधिकारिक ज्ञान भएका विज्ञ व्यक्तिहरुसँग काम नगरेको जिकिर गर्दै अख्तिनयारले इजाजत नलिइएको अनधिकृत व्यक्तिलाई कालीगढको रुपमा काम लगाएको अभियोगपत्रमा उल्लेख छ ।

आयोगको दाबी अनुसार, “त्यसो गर्दा उनीहरुले एक किलो ४९१ ग्राम भन्दा बढी सुन हिनाममिना भएको छ ।’’

तत्कालीन सदस्यसचिव ढकालले एकैदिन दुईवटा मुचुल्का गरेर सुन हिनामिनाको नियत राखेको दाबी गर्दै अख्तियारले गरेको छ । आयोगका अनुसार, डा. ढकाल र थापाले २०७७ फागुन ११ गते साँझ ८ बजे गरिएको १०९७६ ग्राम सुन बाँकी रहेको उल्लेख छ । 

तर, त्यही दिन राति ११ बजेको मुचुल्कामा ९६ किलो ८२२ ग्राम भएको सुनको जलहरीलाई श्रीपशुपतिनाथको मन्दिरमा अर्पण गरियो भनी मुचुल्का टुंग्याइएको छ । उक्त मुचुल्कामा रिङ लगाएको उल्लेख छैन । 

तर सदस्यसचिव डा. ढकालले उक्त मुचुल्कामा ‘साथै बाँकी रहेको सुनको टुक्राहरु रिङ बनाई जलहरीमा लगाइयो’ भनी वाक्यांश थप गर्न लगाएको कोषका सहायक बासुदेव रिमालले बयानमा खुलाएका छन् । 

०७७ फागुन ११ मा रुद्रगाडेश्वरबाट सुन निकाल्दा मुचुल्का गरिएपछि मुचुल्का नै नगरिएको पाइएको पनि अभियोगपत्रमा उल्लेख छ । आयोगले ‘अनधिकृत रुपमा रुद्रगाढेश्वर ज्यासलमा सेफभित्र रहेको सुन बाहिर निकाली शिल्भर रोलिङ सर्भिसमा लगी रिङ र पेचकिलासमेत बनाएको देखिएको’ उल्लेख गरेको छ । 

त्यसरी बनाएको रिङ र पेचकिला विना मुचुल्का तौलसमेत नगरी प्रयोग गरिएको दावी अख्तियारको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu