site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सिटीको शतप्रतिशत जित यात्रामा पूर्णविराम
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘ट्रेबल’ च्याम्पियन म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग २०२३–२४ मा शतप्रतिशत जित यात्रा सातौँ खेलमा आएर टुंगिएको छ । शनिबार सिटी घरेलु टोली उल्भरह्यामटनसँग २–१ ले पराजित भएको हो ।

मोलिनेयुक्स रंगशालामा भएको खेलमा उल्भ्सको जितमा हवाङ हिन चानले गोल गरे । उल्भ्सले अर्को गोल भने सिटीका रुवेन डिसाजबाट आत्मघाती उपहार पाएको थियो ।

Dabur nepal
Agni Group

१३औँ मिनेटमा डियासको आत्मघाती गोलबाट उल्भ्सले अग्रता बनाएको थियो । ५८औँ मिनेटमा युलियन आल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा फर्काएका थिए । तर, ६६औँ मिनेटमा चानले गोल गर्दै उल्भ्सलाई २–१ को अग्रतामा राखेका थिए । चानको यही गोल निर्णायक बन्दा उल्भ्सले साविक विजेताविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

हारका बाबजुद सात खेलबाट १८ अंकको सिटी तालिकाको शीर्ष स्थानमा यथावत् छ । यो सिजन दोस्रो जित निकालेको उल्भ्स सात खेलबाट सात अंक जोड्दै १३औँ स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएका अरू खेलमा आर्सनलले बर्नमाउथलाई ४–०ले, न्युक्यासल युनाइटेडले बर्नलीलाई र वेस्ट हमले सेफिल्ड युनाइटेडलाई समान २–० ले हराए ।

लुटन टाउनले एभर्टन र क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि समान १–० को जित निकाले ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu