site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
कस्तो चरा !
Ghorahi CementGhorahi Cement

सूर्यनारायण एच पेलिस


खाली ठुङ्न मात्र खोज्छ
केही गरेकै छैन 
यत्तिकै ठुङ्न खोज्छ !

Dabur nepal
Agni Group

गीत गाए पनि हुन्थ्यो, 
बचेरा उडाए पनि हुन्थ्यो 
अरू केही गर्दैन 
पायो कि
ठुङ्न मात्र खोजिरहन्छ  
ठुँगाइबाट भाग्नेहरूको लर्को छ,
बानी सुधार्ने जमर्को छ । 

भन्छ– मैले सकिनँ भने
मेरो बचेराले ठुङ्छ
नठुँगी मलाई कहाँ पुग्छ ?
मयूरको प्वाँख चोरेर कहिलेकाहीँ 
रङ फिँजाउँछ 
मेरो घाउलाई जिस्क्याउँछ, 
हाम्रा घाउहरूलाई जिस्क्याउँछ
कस्तो चरा !

ऊ टुप्पोमा बस्छ 
कसैलाई ठुङ्न पाएन भने
आफैँलाई ठुङ्छ 
कस्तो चरा !

एक हुल दुखियाहरू
हरित तारालाई झैँ हात जोड्छन्
चराचर जगत्लाई प्रेम गर्न
प्रार्थना गर्छन् 
कस्तो चरा,
प्रेमलाई नै ठुङ्छ
र, रगमगाइरहन्छ । 

(म्याग्दे–६, तनहुँ)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu