कला
अनमोल केसी अस्पताल भर्ना

काठमाडौं । नायक अनमोल केसी गएराति अस्पताल भर्ना भएका छन् । आपराधिक विश्वासघात गरेको कसुरमा पक्राउ परेका अनमोल छातीमा समस्या भएपछि बसुन्धरास्थित चिरायु अस्पताल भर्ना भएका हुन् ।
उनलाई शुक्रबार साँझ भक्तपुरको साँगाबाट पक्राउ गरिएको थियो ।
चलचित्र ‘रावायण’मा अभिनय गर्ने भन्दै १० लाख रुपैयाँ लिए पनि अन्तिम समयमा सिनेमामा काम नगर्ने बताएपछि निर्माण पक्षले अनमोलविरुद्ध उजुरी दिएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० ०९:४०
प्रतिक्रिया दिनुहोस्