
काठमाडौं । सायम कलेजले हरेक वर्ष सञ्चालन गर्दै आएको सायम प्रिमियर लिग (एसपीएल)को चौथो संस्करणका लागि अक्सन शुक्रबार सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्जर्स सहभागी छन् । ब्लास्टर्स आशिष झा, सिक्सर्स आदित्य झा, सुपर किङ्ग दिनेश बोहरा र च्यालेन्जर्सको अनुरुद दासको कप्तानीमा मैदान उत्रिनेछन् ।
अक्सनको सर्वाधिक महँगा खेलाडी पुरषोत्तम मलिकलाई सायम ब्लास्टर्सले ३८ हजार रुपैयाँमा भित्र्याएको छ ।
एसपिएलको पहिलो र तेस्रो संस्करण सायम च्यालेन्जर्स तथा दोस्रो संस्करण सायम सिक्सर्स च्याम्पियन बनेका थिए ।
मंसिर अन्तिम सातादेखि सुरु हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यामिक विधालयको खेल मैदानमा हुनेछ ।