site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
इन्धन डिपो विष्फोटमा १७० जना हताहत
Ghorahi CementGhorahi Cement

येरेभान । नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन भागेका तथा कैयौँ दिनपछि खुलेको इन्धन डिपोमा तेल किन्न गएका आर्मेनियालीहरूको विष्फोटमा मृत्यु भएको हो । आफ्नो मोटरमा तेल भरेर गन्तव्यतर्फ हिँड्न लागेका उनीहरूको जीवन इन्धन डिपोमा नै समाप्त भयो ।

Dabur nepal
Agni Group

नागोर्नो–काराबाख क्षेत्रका पृथकतावादी लडाकुहरूलाई  निःशस्त्र गर्ने र अजरबैजानसँग एकीकरण गर्ने घोषणा गरेको भोलिपल्ट भएको विष्फोटमा ६८ जनाले ज्यान गुमाएका तथा अन्य २०० जना घाइते भएका सरकारी अधिकारीले बताएका थिए ।

काराबाख अधिकारीहरूका अनुसार कैयौँको शव पहिचान गर्नसक्ने अवस्थामा नरहेकाले ती अर्मेनियाको फोरेन्सिक मेडिकल जाँच ब्यूरोलाई हस्तान्तरण गरिएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu