site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

भिरबाट लडेर सिकिस्त घाइते भएका उत्तरी गोरखाको एउटा गाउँका वृद्धलाई उपचारका लागि राजधानी ल्याउन त्यहाँका सा‌ंसदले पैसा तिरेर पनि हेलिकप्टर पठाउन सकेनछन् । यस घटनाले शासन संयन्त्रको हृदयहीन अनुहार फेरि उजागर भएको छ ।

सम्बन्धित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिएर फर्कँदा भिरबाट लडेर घाइते भएको समाचार सुनेलगत्तै हेलिकप्टर पठाउन खोज्दा पनि प्रशासनिक झमेलाका कारण अनुमति नपाएको गुनासो सा‌ंसदले सामाजिक सञ्जालमा गरेका छन् । सत्तारुढ दलकै सांसद यति निरीह हुन्छन् भने जनसाधारणको अवस्था कस्तो होला ?

Dabur nepal
Agni Group

घटना भएको ठाउँ गोरखाको चुमनुव्री -२ सरकारले तोकेको निषेधित क्षेत्रमा पर्छ । यसैले त्यस क्षेत्रमा हेलिकप्टर लैजान गृह मन्त्रालयको अनुमति आवश्यक हुन्छ । विदेशी पर्यटकको आवागमन नियमनका लागि बनाइएको यस नियमका कारण सास्ति भने स्थानीय जनतालाई भएको छ ।

संयोग, गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला पनि गोरखा नै हो । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल पनि पछिल्लोपटक गोरखाबाटै निर्वाचित भएका हुन् । तै पनि, ती सिकिस्त घाइते वृद्धलाई उपचार गराउने उद्देश्यले उद्धार हुन सकेन ।

हिजो सोमवारकै अर्को समाचारअनुसार मुगुको ताल्चा विमानस्थलबाट पहिले नै टिकट लिएका चिकित्सक र बिरामीको टोली निर्धारित उडानमा उड्न पाएनन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०का केही नेतालाई उडाउन विधिवत् टिकट किनेका यात्रुको अवसर खोसिएको रहेछ ।

प्रशासनिक झमेलाका कारण कतै सिकिस्त घाइतेको उपचारका लागि एकमात्र उपयुक्त साधन प्रयोग गर्न पाइँदैन भने कतै कथित ‘विशिष्ट व्यक्ति’ का कारण जनसाधारण हवाइ यात्रामा समेत वञ्चित हुन्छन् । अनि यस राज्यलाई नागरिकले कसरी आफ्नो ठान्ने ?

गोरखाका प्रमुख जिल्ला अधिकारीले नै हेलिकप्टर उडानको अनुमति दिन सक्नुपर्थ्यो । राज्य नागरिकप्रति उत्तरदायी हुन्थ्यो भने त उद्धारको पहल स्थानीय गाउँपालिकाले गर्ने र जिल्ला प्रशासनले सबै जिम्मा लिनुपर्थ्यो । खर्च बाहिरबाट जुटाउनु पर्ने भए पनि प्रशासनिक झमेला त नदिनु नि !

शासन प्रशासनमा विद्यमान अनुदार सामन्ती चरित्रका कारण जनसाधारण सार्वभौम हुँदा पनि निरीह बन्नुपरेको हो ।  अरूको पालो मिचेर हवाई यात्रा गर्नेहरूले त्यसो गर्नु अनुचित हो भन्ने आत्मसात् गरून् । यस्तै, चुमनुव्रीको जस्तो घटना निषेधित क्षेत्रका धेरै गाउँमा हुन्छन् भन्ने बुझेर स्थानीय प्रशासनलाई नै उडान अनुमति दिने व्यवस्था गरियोस् ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
चिकित्सकको सुरक्षामा सम्झौता
चिकित्सकको सुरक्षामा सम्झौता
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu